०८ साउन २०८३, शुक्रबार
रामेछाप दुर्घटना अपडेट

यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू [सूचीसहित]

माघ २७, २०८२
काठमाडौं
यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू [सूचीसहित]

मंगलबार तामाकोशी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

रामेछापको मन्थली नगरपालिका-६ स्थित बेनीघाट पुलनजिक तामाकोशी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । 

काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसेढाँडे भएर ओखलढुङ्गा जाँदै गरेको बा.प्र ००१-०५ ख ९९७५ नम्बरको यात्रुबस बिहान १०:४० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनाको घटनास्थलमै मृत्यु भएको रापेछापका प्रहरी प्रमुख  भोला कुमार भट्टले जानकारी दिए । 

मृतक सबैको शव सदरमुकाम मन्थली पुर्‍याइएको छ । 

उनका अनुसार दुर्घटनामा परेर दोलखाको भीमेश्वर नगरपालिका-७ की २५ वर्षीया बबि तामाङ, भीमेश्वर नगरपालिका-८ का ६० वर्षीय मानबहादुर तामाङ,  रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ का २८ वर्षी दिपेश बस्नेत, लिखु तामाकोशी गाउँपालिका-७ की ३५ वर्षीय सानुमाया तामाङको मृत्यु भएको छ । 

यसैगरी, सोही ठाउँकी ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भीमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङको पनि दुर्घटनामा मृ्त्यु भएको डीएसपी भट्टले जानकारी दिए ।

लिखु तामाकोशी गाउँपालिका-४ का २५ वर्षीय दिपेन्द्र बस्नेत र सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३४ वर्षीय शिव श्रेष्ठको उक्त दुर्घटनामा मृत्यु भएको छ । मृतक ती जनाको सनाखत हुन बाँकी  छ।

दुर्घटनामा ५ पुरुष र ३ महिला गरी ८ जना घाइते भएका  छन् । दुर्घटनामा बस चालक रामेछापको मन्थली नगरपालिका-११ का ३१ वर्षीय सुशान्त थापा मगर सामान्य घाइते भएका छन् । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

यसैगरी, रामेछापको खाँडादेवी गाउँपालिका-३ का २१ वर्षीय समिर श्रेष्ठ, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-२ का ४५ वर्षीय जयबहादुर तामाङ, दोलखाको भीमेश्वर-७ की १६ वर्षीया निलिमा तामाङ घाइते भएका छन् । 

दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका-७ की ६ वर्षीया निष्मा शेर्पा, सोही ठाउँका ५२ वर्षीय सोम देण्डी शेर्पा, रामेछापको मन्थली नगरपालिका-१२ की ३३ वर्षीा देवकी खड्‌का र रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ का ५१ वर्षीय ओलकबहादुर थापा घाइते भएका डीएसपी भट्टले जनाए ।

उनका अनुसार घाइतेमध्ये बस चालक थापाबाहेक बाँकी ७ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्