
काठमाडौं, १४ पुस– अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा बिहीबार राति आगलागी भएको छ । आगलागीमा कम्तीमा १२ जनाको मृत्यु भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार आगलागीमा परी कैयन घाइते भएका छन् । तर यकिन विवरण भने आइसकेको छैन । आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।