३१ जेठ २०८३, आइतबार

आमचोक गाउँपालिकामा चिया खेतीका लागि ७५ लाख विनियोजन

पुस १४, २०७४
आमचोक गाउँपालिकामा चिया खेतीका लागि ७५ लाख विनियोजन

भोजपुर, १४ पुस- भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ । 

चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती विस्तारका लागि रु ७५ लाख रकम विनियोजन गरेको जनाएको छ । रकम सोही गाउँपालिकाको मातहतमा रहनेछ । 

चिया खेतीका लागि प्रशस्त सम्भाव्यता बोकेको जिल्ला भोजपुरमा हाल यहाँका किसानले फाट्फुट रुपमा चिया खेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा चिया विस्तार नभइरहेको स्थानीयवासी दीपक राईले जानकारी दिनुभयो । गाउँपालिकाको निःसर्त र सशर्त गरी कूल रु २६ करोड ६३ लाख रकममध्ये रु ७५ लाख चिया खेतीका लागि विनियोजन हुनु स्थानीयवासीका लागि खुशीको कुरा भएको उहाँले बताउनुभयो । 

यसअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको आमचोक गाउँपालिकाको समेत नमूना माटो परीक्षण गर्दा चिया खेतीका लागि उपयुक्त ठाउँ मानेको छ । 

salt training

कमेन्ट गर्नुहोस्