०१ असार २०८३, सोमबार

यातायात व्यवसायीको महाधिवेशन चितवनमा, भेला काठमाडौंमा

पुस १४, २०७४
यातायात व्यवसायीको महाधिवेशन चितवनमा, भेला काठमाडौंमा

काठमाडौँ, १४ पुस– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा हुने भएको छ । 

सो महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन गरिएको छ । 

समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था तथा यातायात व्यवसायको क्षेत्रमा भएका प्रगतिको समीक्षा र आगामी दिनमा विकास गर्नुपर्ने व्यावसायिकताबारे छलफल गर्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 

महासचिव सिटौलाले राष्ट्रिय महाधिवेशनलाई भव्य, सभ्य र मर्या्दित बनाउनका लागि गृहकार्य भइरहेको बताउँदै अब महासंघलाई संघीय ढाँचामा लैजानका लागि केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने निर्णयसमेत भएको बताए । 

राष्ट्रिय परिषद्को आज हुने भेलाका लागि देशभरका संघसंस्था तथा प्रालिका अध्यक्ष सहितका पदाधिकारी काठमाडौँ आइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्