०६ असार २०८३, शनिबार

मध्यरातमा हात्तीको आतङ्क, ज्यान जोगाउन खुल्ला आकाशमुनि

पुस १४, २०७४
मध्यरातमा हात्तीको आतङ्क, ज्यान जोगाउन खुल्ला आकाशमुनि

लहान, १४ पुस– जंगली हात्तीले गएराति सिरहाको लहान नगरपालिका–१५ ढोड्नास्थित दलित बस्तीमा तीनजनाको घर भत्काएको छ । 

नजिकैको जंगलबाट आएको हात्तीले ढोड्नाका स्थानीयवासी शिवशंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर भत्काएपछि उहाँहरुको परिवार चिसो शीतलहरीमा कठ्याङग्रिएर खुल्ला आकाशमुनि बस्न बाध्य भएकाछन् । 

मध्यरातमा आएका हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाए पनि बस्ने घर भत्काएका कारण खुल्ला आकाशमुनि बस्न बाध्य भएको पीडित शिवशंकर सदाले बताउनुभयो । 

यस्तै, गएराति नै जंगली हात्तीले सिरहाको गोलबजार नगरपालिका–३, गोला मुक्सारका स्थानीयवासी बलराम थापाका तीनवटा घर भत्काएको छ । केही दिनअघिदेखि गाउँ पसेको जंगली हात्तीले सिरहाका विभिन्न गाउँमा घर भत्काउने, बालीनाली नष्ट गर्ने गरेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्