३२ असार २०८३, बिहीबार

चीनले उत्तर कोरियालाई तेल दिएको अमेरिकाको आरोप

चीनले उत्तर कोरियालाई तेल दिएको अमेरिकाको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई तेल निर्यात गरेको रिपोर्ट आफूसँग आएको भन्दै आफू निराश भएको बताएका छन् । 

एक ट्वीटमा ट्रम्पले भनेका छन्, चीनलाई रंगेहात फेला पारिएको छ । 

उनले यदी उत्तर कोरियामा तेल आपूर्ती भइरहने हो भने कोरियाली संकट कहिलेपनि शान्तिपूर्ण रुपमा समाधान हुन सक्ने नसक्ने बताए । 

यसअघि चीनले उत्तर कोरियामाथि लागेको संयुक्त राष्ट्रसंघको प्रतिवन्ध उल्लंघन गरेको आरोपलाई नकारेको छ । 

गत हप्ता संयुक्त राष्ट्र संघमा पारित नयाँ प्रतिवन्धका अनुसार उत्तर कोरियाको लागि तेल निर्यातको ९० प्रतिशतसम्म कम गरिदिएको थियो । 

चीनले अमेरिकाको यो प्रस्ताव संयुक्त राष्ट्रसंघमा समर्थन गरेको थियो । 

यो प्रतिवन्ध उत्तर कोरियाको विवादित बेलास्टिक मिसाइल कार्यक्रम रोक्नका लागि लगाइएको हो । उत्तर कोरिया अन्तराष्ट्रिय प्रतिवन्धलाई अस्विकार गर्दै लगातार मिसाइल परीक्षण गरिरहेको छ । 

दक्षिण कोरियाली समाचारपत्र चोशुन इल्बोको एक रिपोर्ट अनुसार चीनका तेल ट्यांकरले गुप्त रुपमा उत्तर कोरियालाई तेल दिइरहेको छ । 

दक्षिण कोरियाका अधिकारीहरुले अमेरिकाको गोप्य सेटेलाइतले अक्टुबरपछि लगभग तीस पटक चीनको ट्यांकरलाई उत्तर कोरियालाई तेल दिइरहेको खिचिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्