काठमाडौ, माघ ९ –सुटिङबाट फर्कदै गर्दा शनिबार राती नायिका नम्रता श्रेष्ठ सवारी गाडी दुर्घटनामा परेको छ ।
काठमाडौँ नयाँ बानेश्वर चोकमा नम्रतालगायत चढेको भ्यानलाई बा.१. ज १७७५ नम्बरको ट्याक्सीले ठक्कर दिए पछि गाडी दुर्घटनामा परेको निर्माता सुवास गिरीले बताए । उनी चलचित्र ‘पर्व’को काम सकेर फर्कँदै थिइन् ।

दुर्घटनामा चलचित्रका नम्रताको हात र खुट्टामा चोट लागेको छ भने सहनिर्देशक सुरेश न्यौपानेको खुट्टामा चोट लागेको छ ।
नम्रता घाइते भएपछि पर्वको आइतबारको छायांकन स्थगित गरियो ।