काठमाडौं, १० माघ – प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गरेका छन् ।

एमाले मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा ओलीले उक्त दाबी गरेको खबर खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
‘एमालेलाई पहिलो बनाउने भन्ने तीन बर्ष अघिको नारा हो । पहिलो त यसै पनि भइहाल्छ । अबको योजना सबै निर्वाचनमा बहुमत ल्याउने हो र बहुमत आउँछ,’ ओलीले भने ।