२३ जेठ २०८३, शनिबार

एमालेलाई यस्तो आरोप लगाउंदै संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने मोर्चाको निर्णय

कात्तिक २०, २०७४
एमालेलाई यस्तो आरोप लगाउंदै संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने मोर्चाको निर्णय
काठमाडौं, मङ्सिर २६ प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई 'प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा' भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय मोर्चाले गरेको हो ।
तराईमधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा शनिबार बसेको मोर्चा बैठकले एमालेको आन्दोलनलाई 'शोषक वर्गले उत्पीडित जनताविरुद्धमा चलाएको वितण्डा' भन्दै त्यसको निन्दा गर्ने निर्णय गर्दै सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि मोर्चाका नेता एवं फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, 'राष्ट्रवादका नाममा मधेस र मधेसीविरोधी नीतिका साथ एमालेले जारी राखेको सडकदेखि सदन अवरोधसम्मको आन्दोलनको उद्देश्य जनतालाई अधिकार नदिने षड्यन्त्र हो ।'
एमालेको संसद् अवरोधको निन्दा गर्दै बैठकले सदनमा संशोधन प्रस्ताव छलफल रोक्नुको उद्देश्य लोकतन्त्रको मूल्य र मान्यताविपरीत भएको ठहर गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्