१० असार २०८३, बुधबार

कैलाश र सुमार्गीको दुवईमा गोप्य भेट !

कैलाश र सुमार्गीको दुवईमा गोप्य भेट !

काठमाडौं–कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा संचारका मालिक अजय सुमार्गीवीच कुन तहको विवाद रहेछ भन्ने पछिल्लो पटक सुमार्गीले प्रशासनमा ज्यानको खतरा रहेको भन्दै दिएको उजुरीले प्रष्ट पारेको छ ।

तर, कैलाशबाट जिउधनको सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा निवेदन दिएका सुगार्मी र कैलाशबीच दुवईमा रातभर गाेप्य संवाद भएको छ ।

फ्लाई दुवईको जहाजबाट सुमार्गी पुस १३ गते दुवई गएको र त्यसको अर्को दिन कैलाश पनि सोही उडानबाट त्यहाँ पुगेका थिए । कैलाश त्यहाँ पुगेपछि दुईबीच भेट भएको हाे । सुमार्गी १५ गते काठमाडौं फर्केका छन् भने कैलाश भने अझै उतै रहेका छन् ।

कैलाशले र सुमार्गीलाई स्वामी भनेर सम्बोधन गर्ने गरेको समाचार आजको जनआस्था साप्ताहिकले लेखेको छ ।

सुमार्गीले पुस १३ गते काठमाडौं जिल्ला प्रशासन कार्यलयमा कैलाशबाट ज्यानधनको सुरक्षा गरी पाउँ भन्दै निवेदन दिएका थिए ।

लगत्तै उनी त्यसै दिन दुवई गएका थिए । त्यसको भोलिपल्ट सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ पर्ने डरले सुमार्गी विदेश उडेको भन्दै कान्तिपुरमा समाचार नै प्रकाशित भएको थियो । सुमार्गीको परिवारले भने पूर्वनिर्धारित कार्यक्रममा भाग लिन दुवई गएको जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्