काठमाडौं, १९ पुस — प्रेमीले धोका दिएपछि एक अमेरिकी युवतीले आफ्नो कुमारित्वको लिलाम बिक्री गरेकी छन् । तेईस वर्षीया ब्याली गिब्सनले बिहेका लागि आफूलाई कुमारी राखेकी थिइन् तर उनी अब पहिलो यौन अनुभवको लिलाम बिक्री गर्दैछिन् ।
मिरर युकेमा आएको खबरअनुसार, ब्यालीले एक वैध वेश्यालयमार्फत कुमारित्व लिलाम बिक्री गरेकी हुन् ।
ब्यालीका मातापिताले उनलाई धर्मपुत्रीका रूपमा पालेका हुन् र उनी क्यालिफोर्नियामा हुर्केकी हुन् । लिलामीबाट प्राप्त रकमले आफ्नो जीवन सुधार्ने उनी बताउँछिन् ।
उनको यस कदमलाई केहीले आलोचना पनि गरेका छन् । यसो गरेर ब्यालीले वेश्यावृत्ति गरेको उनीहरूको आरोप छ ।
आलोचकहरूलाई जवाफ फर्काउँदै ब्याली भन्छिन्, ‘म कानूनी तवरले पैसाका लागि एकचोटि यौन गर्दैमा वेश्या भइहाल्छु र ? तपाईंले एकचोटि फोटो खिच्नेबित्तिकै तपाईं फोटोग्राफर भइहाल्नुभयो र ?’
ब्यालीले विस्कोन्सिनमा एक क्रिस्चियन युवक भेटेकी थिइन् जसले बिहे नहुन्जेलसम्म यौन नगर्ने उनको शर्त माने ।
तर भ्यालेन्टाइन्स डेमा उनको प्रेमीले आफ्नी पूर्वप्रेमिकाका साथ यौन गरेको थाहा पाएपछि उनलाई बिहेसम्म कुमारी बस्ने आफ्नो निर्णय गलत भएको लाग्यो किनकि उनको प्रेमी यस प्रतीक्षाको लायक नै थिएन । त्यसैले आफ्नो कुमारित्वबाट केही फाइदा लिने सोच उनमा पलायो ।
ब्याली भन्छिन्, ‘म सबभन्दा बढी फाइदा जे गरी हुन्छ त्यसरी कुमारित्व गुमाउन चाहन्छु । त्यसैले मैले कुमारित्व लिलाम बिक्री गर्ने फैसला गरें ।’
एजेन्सी