०१ असार २०८३, सोमबार

कसरत गर्दा पसिना बगाउने रोबोट ! (भिडियो सहित)

कसरत गर्दा पसिना बगाउने रोबोट ! (भिडियो सहित)

काठमाडौं, १९ पुस — वैज्ञानिकहरूले मानवसदृश एक रोबोट तयार पारेका छन् । उक्त रोबोटले कसरतका सिट अप्स र पुश अप्स गर्छ र पसिना पनि चुहाउँछ । 

रोबोटमा कृत्रिम प्रणाली जडान गरिएको छ जसकारण उसलाई पसिना आउँछ । उक्त प्रणालीले मानवशरीरले जस्तै गरी काम गर्छ । 

जापानको टोकियो विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको रोबोटको नाम केंगोरो हो । यो रोबोटको प्रयोग खेलाडीहरूको मांसपेशी विश्लेषणका लागि गरिन्छ । 

वैज्ञानिकहरूको टोलीले विगत धेरै वर्षदेखि मानवसदृश रोबोट विकसित गरिरहेको हो । रोबोटले मानिसजस्तै पसिना बगाउँदा बढी तात्ने समस्या पनि हुँदैन । केंगोरो रोबोटले मानिसले जस्तै हलचल र कसरत गरिदिन्छ । 

हेरौं भिडियो :

एजेन्सी

 

salt training

कमेन्ट गर्नुहोस्