१३ साउन २०८३, बुधबार

ट्रम्पले सहयोग रोक्ने धम्की दिएलगत्तै पाकिस्तानबाट डलरको साटो युआन प्रयोग

ट्रम्पले सहयोग रोक्ने धम्की दिएलगत्तै पाकिस्तानबाट डलरको साटो युआन प्रयोग

काठमाडौं, १९ पुस — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानलाई धोकबाज भन्दै सहयोग रोक्ने ट्वीट लेखेलगत्तै पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने निर्देशन दिएको छ । 

पाकिस्तानको केन्द्रीय बैंकले चीनसँगको द्विपक्षीय व्यापारका लागि चिनियाँ मुद्रा युआनमा कारोबार गर्न अनुमति दिएको छ । अब पाकिस्तान र चीनले चीन–पाकिस्तान आर्थिक कोरिडोरमा व्यापार विनिमयका लागि अमेरिकी डलरलाई विस्थापित गर्नेछन् । 

पाकिस्तानको केन्द्रीय बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, ‘चिनियाँ युआन पाकिस्तानभित्र व्यापार विनिमयका लागि स्वीकृतिप्राप्त विदेशी मुद्रा हो । बैंकले प्रतीतपत्र लगायत व्यापार तथा लगानी विनिमयहरूमा युआन प्रयोग गर्नका लागि नियमावली बनाइसकेको छ । पाकिस्तानमा युआन अन्य अन्तर्राष्ट्रिय मुद्रा अमेरिकी डलर, युरो र जापानी येनकै बराबरको हैसियतमा छ ।’

बेइजिङले पाकिस्तानमा सन् २०३० सम्म करीब ६० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । चीन–पाकिस्तान आर्थिक कोरिडोर चीनको पेटी सडक परियोजनाको प्रमुख अंग हो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्