१६ असार २०८३, मंगलबार

अन्तिम टी२० मा न्युजील्यान्डले वेस्ट इन्डिजलाई लज्जास्पद हार दिलायो, कोलिन मुनरोले बनाए शतक

अन्तिम टी२० मा न्युजील्यान्डले वेस्ट इन्डिजलाई लज्जास्पद हार दिलायो, कोलिन मुनरोले बनाए शतक

काठमाडौं, १९ पुस — न्युजील्यान्डको भ्रमण गरिरहेको वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम टी२० क्रिकेट म्याचमा ११९ रनको लज्जास्पद पराजय बेहोरेको छ । यससँगै न्युजील्यान्ड तीन टी२० शृंखलामा २–० ले विजयी भएको छ ।

न्युजील्यान्डका ओपनर कोलिन मुनरोले ५३ बलमा १०४ रन बनाएर टोलीलाई निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २४३ रनको विशाल स्कोर बनाउन योगदान गरे । मुनरोले १० छक्का हाने । टी२० मा तीन शतक बनाउने उनी पहिलो ब्याट्स्म्यान बनेका छन् । 

माउन्ट माउनगानुईमा बुधवार भएको खेलमा न्युजील्यान्डले टी२० मा आफ्नो सर्वाधिक ठूलो स्कोर खडा गरेको हो । टी२० क्रिकेटमा यो सातौं सर्वाधिक ठूलो स्कोर हो ।

अर्का ओपनर मार्टिन गुप्तिलले ६३ रन बनाए अनि मुनरोसँग मिलेर १३६ रनको साझेदारी गरे । 

वेस्ट इन्डिजले जवाफमा जम्मा १२४ रन बनाएर अल आउट भयो । विस्फोटक ब्याट्स्म्यान क्रिस गेल दोस्रो बलमा डकआउट भए । आन्द्रे फ्लेचर मात्रैले अलिक सुदृढ ब्याटिङ गर्दै ४६ रन बनाए । 

वेस्ट इन्डिजले वर्ल्ड टी२० च्याम्पियनको जस्तो खेल देखाउनै सकेन । 

न्युजील्यान्डले टी२० क्रिकेटमा सर्वाधिक ठूलो रनअन्तरको विजय प्राप्त गरेर इन्टरनेसनल क्रिकेट काउन्सिलको वरीयतामा पहिलो स्थान कायम गरेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्