काठमाडौं, १० माघ — क्याथोलिक क्रिस्चियन धर्मावलम्बीहरूका सर्वोच्च गुरु पोप फ्रान्सिसले शनिवार भारत र नेपालका लागि नयाँ धर्मदूत (एपोस्टोलिक नुन्सियो) नियुक्त गरेका छन् ।

बोलिभियामा कार्यरत धर्मदूत इटालेली आर्चबिशप जियाम्बातिस्ता दिक्वात्रो अबदेखि भ्याटिकनको दूतका रूपमा नेपाल र भारतमा कार्यरत हुनेछन् ।
यी ६२ वर्षीय पादरीले आर्चबिशप साल्भाटोर पेन्नाच्चियोको स्थान लिनेछन् । पेन्नाच्चियोलाई पोल्यान्ड सरुवा गरिएको छ ।
नेपाल र भारतका लागि धर्मदूतावास भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ ।
सन् १९५४ मा इटालीको बोलोग्नामा जन्मिएका डिक्वात्रो सन् १९८१ मा रागुसा डायोसिसको पुजारीका रूपमा नियुक्त भएका थिए । उनी पहिले पनामा अनि त्यसपछि बोलिभियामा धर्मदूतका रूपमा कार्यरत थिए ।
रेडियो भ्याटिकाना