१० असार २०८३, बुधबार

१४ तले अपार्टमेन्टमा आगलागी, एकको मृत्यु

१४ तले अपार्टमेन्टमा   आगलागी, एकको मृत्यु

काठमाडौं, १९ पुस–राजधानीको सानो गौचरणस्थित एक १४ तले अपार्टमेन्टमा  आगलागी भएको छ । 

आगलागीबाट एक जनाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार केएल रेसिडेन्ट अपार्टमेन्टको  पहिलो तलमा आगलागी भएको हो । 

आगलागी  अझैं जारी रहेको छ भने  काठमाडौं, ललितपुर र भक्तपुरका दमकलको सहयोगमा  सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणको प्रयास जारी राखेका छन् । आगलागी कसरी हुन पुग्यो भन्ने बारे खुल्न नसकेको डिएसपी चन्दले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्