०१ असार २०८३, सोमबार

देशैभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम

देशैभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम

काठमाडौं, २० पुस– केही दिन यता देशभर चिसो बढेको छ । काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै कम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति आकाश खुलेकाले चिसो बढेको मौसमविदले बताएका छन् । देशका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र अन्य स्थानको मौसम सामान्यतः सफा रहने पूर्वानुमान गरिएको पनि महाशाखाले जनाएको छ । 

चिसो बढेपछि देशभरि कै जनजीवन प्रभावित भएको छ । तराई र हिमालको जनजीवन कष्टकर बनेको छ । तराई क्षेत्रका विभिन्न जिल्लामा शीतलहरका कारण विद्यालय बन्द गरिएको छ ।
पश्चिमी वायुको प्रभावले बिहीबार पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनुका साथै केही ठाउँमा हिमपातको संभावना रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्