
रुपन्देही, २० पुस– नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को राजधानी माग गर्दै रुपन्देहीका विभिन्न स्थानमा बिहीबार बिहान चक्काजाम गरेको छ । बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा चक्काचाम गरेको हो ।
चक्काजाममा सहभागीले आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए । प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ ।
चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो । सरकारले प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ । सरकारको तयारीसँगै विरोध शुरु भएको हो ।