१६ असार २०८३, मंगलबार

अमेरिकाको निद्रा उडायो रुसको यो जहाजले

अमेरिकाको निद्रा उडायो रुसको यो जहाजले

काठमाडौं, २० पुस — सैन्य शक्तिमा अमेरिका र चीनलाई कडा चुनौती दिएको रुसले आधुनिक हतियार र शत्रुमाथि निगरानी राख्ने शक्तिशाली उपग्रहहरू व्यापक निर्माण गरेको छ । 

रुसको सैन्य बलमा अब एउटा अर्को जासूसी जहाज पनि जोडिएको छ । त्यसको नाम यन्तार हो । 

रुसी जलसेनासँग जासूसी जहाज यसअघि पनि थिए तर यन्तार फरक र शक्तिशाली छ । 

रिमोटबाट चल्ने अन्डरवाटर भेहिकलको श्रेणीमा पर्ने यन्तार पनडुब्बी जताबाट पनि सञ्चालन गर्न सकिन्छ । 

अघिल्लो महिना बेलायती सेनाले एक चेतावनी जारी गरेर ‘यन्तारमार्फत रुसले सञ्चार रोक्न वा त्यसमा अवरोध ल्याउने क्षमता हासिल गरेको छ किनकि त्यसले समुद्रमा भएका तारलाई काट्न सक्छ’ ।

बेलायती सुरक्षा प्रमुख सर स्टुअर्ट पीचका अनुसार, ‘इन्टरनेट र बाँकी सञ्चार तारमाथि यस्तो आक्रमण भएमा प्रलय आउँछ’ ।

नाटोले समुद्री सतहमा सेनाको कामका लागि तार बिछ्याएको छ । यसबाहेक यो पृथ्वी चारैतिरबाट फाइबर अप्टिकले घेरिएको छ । 

वाशिङटन पोस्टले पनि यन्तारको तार काट्ने क्षमतामाथि चिन्ता व्यक्त गरेको थियो । तार काटिएर इन्टरनेट सेवा संसारभरि अवरुद्ध हुने डरले अमेरिकाको निद्रा गायब भएको छ । 

सन् २०१६ मा यन्तार सिरियानजिक घुम्दै गरेको पाइयो । त्यसको सम्बन्ध युरोपसँग जोडिएको थियो । 

कोभर्ट सोर्स नामक एक वेबसाइटले यन्तारका अचम्मका गतिविधिहरू पत्ता लगायो । 

उसको रिपोर्टमा भनिएको छ, ‘यन्तार केबल नेटवर्कको बाटोमा ठाउँठाउँमा देखिनुबाट थाहा हुन्छ, उक्त पनडुब्बीले समुद्री सतहमा ओछ्याइएको तारको अवलोकन गरिरहेको छ ।’

यन्तार अहिले अर्जेन्टिनाको एक हराइरहेको पनडुब्बी खोजिरहेको छ । उक्त पनडुब्बी गत नोभेम्बर महिनाको १५ तारिखमा हराएको थियो  । त्यसमा भएका ४४ व्यक्तिका बारेमा केही जानकारी पाउन सकिएन । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्