१९ असार २०८३, शुक्रबार

राजधानीमा हतियारसहित एक व्यक्ति पक्राउ

राजधानीमा हतियारसहित एक व्यक्ति पक्राउ

काठमाडौं, २० पुस– प्रहरीले काठमाडौंको कोटेश्वरबाट हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम सुवास कार्की रहेको जनाइएको छ ।

खोटाङ घर भएका कार्कीलाई कोटेश्वरस्थित न्यू सुनकोसी गेस्ट हाउसबाट पक्राउ गरिएको हो ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्कीलाई हतियारसहित पक्राउ गरेको हो ।

उनको साथबाट २ वटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रबीन्द्र धानुकले लोकान्तरलाई बताए । 

salt training

कमेन्ट गर्नुहोस्