१२ साउन २०८३, मंगलबार

दिपायलमा माओवादी नेता भट्टको पुत्ला दहन

दिपायलमा माओवादी नेता भट्टको पुत्ला दहन

धनगढी २० पुस– प्रदेश नम्बर ७ को राजधानी दिपायलमा बनाउनु पर्ने मागगर्दै डोटीका स्थानीयले नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्ला दहन गरेका छन् ।

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै आएका आन्दोलनकारीले बिहीवार दिपायलमा नेता भट्टको पुत्ला दहन गरेका हुन् । प्रदेशको राजधानीका लागि डोटी उपयुक्त नभएको प्रतिक्रिया दिएकोले नेता भट्टको पुत्ला दहन गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए । नेता भट्ट माओवादीको तर्फबाट सात नम्बर प्रदेशको संयोजक छन् ।

जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भट्टविरुद्ध दिपायलमा नाराबाजी पनि भएको छ ।

नेता भट्टले कैलालीको अत्तरियालाई ७ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने बताउदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्