
अमेरिकी युट्युब स्टार लोगेन पलले आफ्नो एक भिडियोमा लाश देखाएको भन्दै माफी मागेकी छिन् ।
यस भिडियामा उनले जापानको ओकिगाहारा जंगलमा एक व्यक्तिको शव देखाएकी थिइन् । जसले आत्महत्या गरेका थिए ।
पलले यो भिडियो आफ्ना साथीहरुसँग शूट गरेकी थिइन् जसमा उनी हाँसिरहेकी देखिएकी छिन् ।
भिडियो अपलोड गरेपछि उनले इन्टरनेटमा कडा आलोचना सहनु परेको थियो । जसका कारण त्यो भिडियो हटाउँदै उनले माफि मागिन् ।
तर जापानको यो जंगल कुन हो जसमा सुसाइड फोरकास्ट अर्थात आत्महत्याको जंगल भनिन्छ ?
ओकिगाहारा जंगलमा लाश फेला पर्नु सामान्य कुरा हो । यहाँ हरेका वर्ष दर्जनौ मानिस आत्महत्या गर्छन् ।
यो जंगल टोकियोबाट करिब १०० किलोमिटर फुजी पर्वतको उत्तर पश्चिम बेसमा रहेको छ । यहाँ हरेक वर्ष ५० देखि १०० जनाले आत्महत्या गर्ने गरेका छन् ।
यो जंगलमा यति धेरै रुख छन् कि हावा पनि राम्रोसँग चल्न सक्दैन । यो जंगलमा जनावर पनि हुँदैनन् जसका कारण यो जंगल निकै शान्त रहेको छ । यहाँ कयौं चट्टानी गुफाहरुसमेत रहेको छ ।
अमेरिकाको सन फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज जस्तै यो जापानी जंगल दुनियाको यस्तो ठाउँ हा जहाँ धेरै मानिस आफूलाई सक्नको लागि यहाँ आउने गरेका छन् ।
यो जंगमा हुने मृत्युको कथामा आधारित एक फिल्म द फरेस्ट पनि बनेको थियो जुन फिल्म २०१६ मा रिलिज भएको थियो ।
ओकिगाहारा जंगलमा आत्महत्यालाई रोक्नका लागि प्रशासनले कयौं कोशिश गरेको छ । जंगलमा छिर्ने वित्तिकै एक सूचना लगाइएको छ । जसमा लेखिएको छ,‘फेरि एकपटक आफ्नो जीवनका बारेमा सोच्नुस्, आफ्ना आमा बुबा, भाइ बहिनीका बारेमा सोच्नुहोस् । सवै एक्ले झेल्नु भन्दा पहिला कसैसँग सम्पर्क गर्नुहोस् ।’ सूचनामा सहयोगका लागि फोन नम्बर पनि राखिएको छ ।
साहित्यबाट प्रेरित ?
भनिन्छ जापानका मानिस एक कथा कहानीबाट प्ररित एर यो जंगलमा ज्यान दिन आउँछन् । सेइचो माट्सुमोटोको कथा‘कुरोई जुकाई’(द व्ल्याङक सी अफ् ट्रीज) १९६० मा छापिएको थियो । यो कहानीमा अन्तमा एक प्रेमी जोडी ओकिगाहारा जंगलमा आएर ज्यान दिन्छन् ।
केही मानिस मान्छन् कि ज्यान दिनका लागि यस जंगलको प्रयोग परम्परा १९ औं सताव्दीको उबासुते प्रथाबाट आउँछ । भनिन्छ, यस प्रथाको अनुसार सुख या अकालको समय इच्छामृत्युका लागि बुढाहरुका लागि यस जंगलमा छोडिदिन्थ्यो ।
यतिसम्मकी १९९३ मा आएको एक किताव द कम्प्लीड ह्याण्डबुकक अफ सुसाइडमा ओकिगाहारलाई मृत्युको लागि उपयुक्त ठाउँ भनिएको छ ।
यो किताव लाखौ. प्रति विकेसँगै जापानमा यसको बिक्री वितरणमा रोक लगाइएको थियो ।
विश्वमा हरेक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सवैभन्दखा धेरै आत्महत्या गर्ने पाँच देशमा जापान पनि सहभागी छ ।
जापानमा हुने आत्महत्याका पछाडि अरुपनि परम्परागत कारण रहेको बताइन्छ । तर मुख्य कारण भने एक्लोपन भएको विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।