१० असार २०८३, बुधबार

ओसामा बिन लादेनका नातिको मृत्यु भइसकेको खुलासा

ओसामा बिन लादेनका नातिको मृत्यु भइसकेको खुलासा

काठमाडौं, २० पुस — अमेरिकालाई हल्लाउने आतंकवादी ओसामा बिन लादेनका नातिको मृत्यु भइसकेको दाबी गरिएको छ । 

नातिको नाम पनि ओसामा नै हो र उनलाई उनका पिता हम्जा बिन लादेनले ‘शहादत’ का लागि प्रशंसा गरेका थिए । जिहादीहरूले नाति ओसामालाई अल कायदा नेतृत्वको उत्तराधिकारीका रूपमा हेरेका थिए । 

हम्जाले एउटा पत्र लेखेर ‘नायक डमरु’ को मृत्युको विलाप गरेका थिए र आफ्ना जेठा छोरालाई ‘वीरताको नाति’ का रूपमा वर्णन गरे । उनले शहादतका दृश्यहरू अभिनय गरेर देखाउने गरेको हम्जा बताउँछन् । 

शेख मुजाहिद हम्जा बिन लादेनको चिट्ठी नामक नोट अल–कायदाको प्रोपागान्डा विभागले प्रकाशित गरेको हो । नोटसँगै नाति ओसामाको तस्वीर पनि राखिएको छ र चिट्ठी बिन लादेन परिवारप्रति सम्बोधित छ । 

नातिको उमेर अनि उनी कसरी मरे भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । 

तर साउदी समाचार वेबसाइट अल अरेबियाका अनुसार, स्रोतहरूले उनी १२ वर्षका भएका र उनी एक रोगका कारण मरेको खुलासा ग–यो । 

गत नोभेम्बरमा ओसामा बिन लादेनका प्रिय छोरा हम्जाले विश्वभरिका मुसलमानलाई अमेरिकाविरुद्ध आक्रमण गर्न आह्वान गरेका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्