०४ असार २०८३, बिहीबार

जापानले याैनदाशी बनाएका महिलालाई राष्ट्रपतिले बोलाएपछि...

पुस २०, २०७४
जापानले याैनदाशी बनाएका महिलालाई राष्ट्रपतिले बोलाएपछि...

सोल, २० पुस–  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गरेका छन् । 

जापानी सेनाले यौनदाशीका रुपमा राखेर पीडित बनाएका ती महिलासँग माफी माग्न उनले आमन्त्रण गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । 

उनीहरुको समस्या समाधान गर्ने विषयमा सन् २०१५ मा जापानसँग एक सम्झौता भएको थियो । तर सो सम्झौताबाट आपूmहरुको मानमर्दन भएको भनी ती पीडित महिलाहरुले विरोध गरेका थिए । राष्ट्रपति इनले पनि सो सम्झौताबाट उक्त समस्याको समाधान नहुने बताएका थिए । 

जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा कोरिया र जापानबीच बिगत लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको छ । 

यी दुई देशबीच सन् २०१५ मा भएको सो सम्झौतामा अन्य विषयहरुका अतिरिक्त यसरी दाशी बनाइएका महिलालाई क्षतिपुर्ती स्वरुप पैसा दिने उल्लेख गरिएको थियो । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन

तर त्यस सम्झौतालाई दक्षिण कोरियाको सरकारले सुरुमा सहमति जनाएको र पछि ती महिलाले विरोध गरेका कारण उक्त सम्झौता नै विवादमा आएको थियो । 

सो सम्झौताको विषयमा राष्ट्रपति इनका प्रवक्ताले बिहीबार भने, ‘हुनत सो सम्झौता दक्षिण कोरिया र जापानका नेताहरुले सहमति गरेका हुन् र त्यसैबमोजिम सहमति पनि भएको भनिएको छ, तर पनि यसबाट उक्त समस्याको समाधान नहुने र कोरियाली नागरिकको प्रतिष्ठामा आँच आउने काम भएकोले उनीहरुसँग माफी माग्न राष्ट्रपतीय कार्यालयमा बोलाइएको हो ।’ 

यसरी दाश बन्न बाध्य भएका र अहिले पनि जिवीत रहेका महिलाले दक्षिण कोरियाको सरकारले आफ्नो रगतसँग पैसा साटेको भन्दै मानवीय समवेदनाहिन भएर सम्झौताका लागि अघि बढेको भनी आरोप लगाएका थिए । 

दक्षिण कोरियाली पूर्व राष्ट्रपति हाइ हाल निलम्बनमा परेकी छन् । उनलाई भ्रष्टाचारको अभियोग लागेको छ । उक्त मुद्दा हाल सर्वोच्च अदातलमा विचाराधीन छ । 

salt training

कमेन्ट गर्नुहोस्