०५ साउन २०८३, मंगलबार

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न सरकारको निर्देशन

बैशाख ८, २०८३
काठमाडौं
स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न सरकारको निर्देशन

 शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

 केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै स्वीकृत मापदण्ड विपरीतका सामग्री प्रयोग गर्नेमाथि निगरानी र कारबाही गर्न निर्देशन दिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्यद्वारा जारी परिपत्रमा विद्यालय तहमा पाठ्यक्रम विकास केन्द्रले विकास गरेका र स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ ।

 पाठ्यपुस्तकको पृष्ठ सङ्ख्या र मूल्य समेत पाठ्यक्रम विकास केन्द्रले तोकेको मापदण्ड अनुसार नै हुनुपर्ने नीतिगत व्यवस्था छ ।

पछिल्लो समय केही निजी प्रकाशनहरूले कानुनी व्यवस्थाको उल्लङ्घन गरी बढी मूल्य तोकिएका, न्यून गुणस्तरका कागज प्रयोग गरिएका र स्वीकृति नै नलिई पाठ्यपुस्तक तथा सामग्रीहरू बिक्री गरिरहेको गुनासो प्राप्त भएपछि केन्द्रले यस्तो कदम चालेको हो । कतिपय विद्यालयले मूल्य नै नतोकिएका सामग्रीहरू प्रयोगमा ल्याएको र अभिभावकलाई आर्थिक भार थपेको केन्द्रको ठहर छ ।

केन्द्रले जारी गरेको पत्रमा विद्यालयहरूबाटै पोशाक, पाठ्यपुस्तक र स्टेशनरी बिक्री–वितरण गर्ने कार्यलाई समेत अवैध मान्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्