१० असार २०८३, बुधबार

पाकिस्तानले झूठो बोलेको अमेरिकाको आरोप, सैन्य सहयोग रोक्ने घोषणा

पुस २१, २०७४
पाकिस्तानले झूठो बोलेको अमेरिकाको आरोप, सैन्य सहयोग रोक्ने घोषणा

काठमाडौं, २१ पुस– पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा अमेरिकाले गरेको छ । आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्ने घोषणा गरेको हो ।
 
पाकिस्तानले झूठो बोलिरहेको र आतंकवादीलाई आश्रय दिइरहेको भन्दै यसै हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका थिए । अमेरिकाबाट अरबौं डलर लिएर पाकिस्तानले आतंकवादीलाई पालिरहेको गम्भीर आरोप ट्रम्पले लगाएका थिए । 

पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग निलम्बित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्