०५ असार २०८३, शुक्रबार

वाम युवा–विद्यार्थीको आन्दोलन जारी, आज सरकारविरुद्ध सडक बहस

वाम युवा–विद्यार्थीको आन्दोलन जारी, आज सरकारविरुद्ध सडक बहस

काठमाडौं, २१ पुस– सरकार, निर्वाचन आयोग र नेपाल आयल निगमविरुद्धको आन्दोल जारी राखेको वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले शुक्रबार सडक बहस गर्ने भएका छन् । दिउँसो दुई बजे राजधानीको नयाँबानेश्वरमा युवा नेता तथा वकिलहरुको सहभागीतामा सडक बहस गर्न लागिएको विद्यार्थी नेताहरुले बताएका छन् । 

कार्यक्रममा रामनारायण बिडारी, युवराज संग्रौला, मणि थापा, लेखनाथ न्यौपानेलगायतका नेताहरुको सहभागिता हुने बताइएको छ । ‘जनादेशविहीन कामचलाउ सरकार, अकमण्य निर्वाचन आयोग र युवा–विद्यार्थी सरोकार विषयमा अन्तक्रिया गर्न लागिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने, निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै एमाले निकट युवा संघ र अनेरास्ववियु तथा माओवादी केन्द्र निकट वाईसीएल र अखिल क्रान्तिकारीले सरकारविरुद्ध संयुक्तरुपमा दवावमुलक कार्यक्रम गर्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्