११ असार २०८३, बिहीबार

पिकअपबाट खसेर एक जनाको मृत्यु

पिकअपबाट खसेर एक जनाको मृत्यु

तेह्रथुम, २१ पुस- तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् ।

बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । पिकअप र चालक संखुवासभाको स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ वर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्