०३ साउन २०८३, आइतबार

हनीप्रीतकी आमाले राखी सावन्तलाई पठाइन् नोटिस, राखी समस्यामा

हनीप्रीतकी आमाले राखी सावन्तलाई पठाइन् नोटिस, राखी समस्यामा

काठमाडौं, २१ पुस — बलिउड अभिनेत्री राखी सावन्तले केही दिनअघि हनीप्रीत र डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीममाथि दिएको बयानले उनलाई समस्यामा पार्नसक्ने सम्भावना छ । 

हनीप्रीतकी आमा आशा तनेजाले राखी सावन्तविरुद्ध आठ करोड रुपैयाँ क्षतिपूर्ति मागसहितको नोटिस पठाएकी छन् । राखीलाई नोटिस वकिल मोमिन मलिकले पठाएका हुन् । 

उनले प्रेस सम्मेलन गरेर भने, ‘राखी सावन्तले कि त ३० दिनभित्र माफी माग्नुपर्छ कि त मुद्दाको सामना गर्न तयार रहनुपर्छ ।’

राखीले एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले राम रहीम र हनीप्रीतसँग चार वर्षअघिदेखि चिनेको बताएकी थिइन् । 

राम रहीमसँग आफूले धेरैचोटि भेटघाट गरेको र उनले आफूलाई राजनीतिमा आउन सल्लाह दिएको पनि उनले बताइन् । 

राम रहीमले आफूलाई सिरसा लगेको र डेराभित्र रहेको गुफामा पनि पु–याएको राखीको बनाइ थियो । 

बाबाले आफूलाई जन्मदिनमा बोलाएको अनि बाबासँग आफू नजिक भएपछि हनीप्रीतले म उसको सौतेनी हुन्छु कि भनी डराएको राखी बताउँछिन् । 

महिलाहरूलाई बाबाले बलात्कार गर्ने गरेको र पुरुषहरूलाई नपुंसक बनाउने गरेको कुरा आफूलाई थाहा नभएको र थाहा पाएपनि छक्क परेको उनले बताइन् । 

राखी सावन्तले हनीप्रीत र गुरमीत राम रहीममाथि एउटा फिल्म बनाउँदैछिन् । फिल्मकै विषयमा हनीप्रीतको नाम लिँदै कसैले आफूलाई फोन गरेको राखीको बनाइ छ । राखीका अनुसार, फोन गर्नेले हनीप्रीतको सन्देश सुनाउँदै भनेको थियो, ‘तिमी मेरो साथी हौ, किन ममाथि फिल्म बनाउँछौ ?’ 

फिल्ममा राखीले हनीप्रीतको अनि सञ्जय नेगीले राम रहीमको भूमिका निर्वाह गरिरहेका छन् । 

फिल्मका निर्माता राखीका दाइ राकेश सावन्त हुन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्