३१ जेठ २०८३, आइतबार

चालकको दिमाग पढ्न सक्ने कार !

चालकको दिमाग पढ्न सक्ने कार !

काठमाडौं, २१ पुस — संसारका ठूला कार कम्पनीहरू चालकरहित कारमाथि करोडौं डलर खर्च गरिरहेका छन् । प्रसिद्ध कार कम्पनी निसानले मानिसको दिमाग पढ्नसक्ने कार बनाउने प्रविधि विकसित गर्न थालेको छ । 

यस्तो कारलाई सोचेको भरमा दिशानिर्देश गर्न सकिन्छ । निसानको यो प्रयोग सफल भएमा प्राविधिक क्षेत्रमा यो महत्त्वपूर्ण कदम हुनेछ । 

ब्रेन टु भेहिकल प्रविधि नाम दिइएको प्रणालीअनुसार चालकको दिमागको संकेत पाएर कार आफैं अपरेट हुन्छ । यसले गर्दा ड्राइभिङ रोचक हुन्छ । यस प्रविधिको सहायताले स्मार्ट कारको सपनालाई बल मिल्छ । 

निसानले एक अनुसन्धानमा खुलासा गरेअनुसार चालकको दिमागबाट निस्कने तरंगलाई कारले बुझ्न सक्ने प्रविधि विकास गर्न सकिन्छ । ड्राइभिङ गरिरहेका बेलामा मानिसको दिमागले कस्तो काम गर्छ भन्ने पनि बुझ्न सजिलो हुन्छ । 

यस प्रविधिलाई निसानले सन् २०१८ मा पेश गर्नेछ । तर यसको पूर्ण प्रयोगसहितको कार विकसित हुन कम्तीमा पाँच वर्ष लाग्ने निसानको भनाइ छ । 

यस प्रविधिअन्तर्गत चालकले एक विशेष किसिमको डिभाइस लगाउनुपर्छ । यो टोपी (स्कलक्याप) जस्तो हुन्छ । यसमार्फत ड्राइभिङका बेलामा चालकको गतिविधिमाथि नजर राख्दै उसलाई हुनसक्ने समस्याको पत्ता लगाउन सकिन्छ

। स्टीयरिङ घुमाउनेदेखि लिएर ब्रेक लगाउने, स्पीड बढाउने वा घटाउनेसम्मका गतिविधिका बारेमा कारले पहिल्यै पत्ता लगाउँछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्