
काठमाडौं — हलिउड अभिनेत्री लोला किर्केल चर्चामा आएकी छन् । अघिल्लो हप्ता आयोजना गरिएको एउटा अर्वा वितरण कार्यक्रममा पुगेकी उनी चर्चामा आएकी हुन् ।
गोल्डन ग्लोव २०१७ नामक अवार्ड वितरण कार्यक्रममा उनी बाहेक अरु थुप्रै अभिनेता तथा अभिनेत्रीको पनि उपस्थिती रहेको थियो । तर उनलेनै सबैको ध्यान तानिन् ।
उनी चर्चित बन्नुभएको एउटा मात्रै कारण थियो — सेभ नगरिएको काखी ।
काखि मुनिको रौं नखौरिएर गएकी उनले सबैको ध्यान तानेकी हुन् । उनले काखी देखिने पहिरन लगाएकी थिइन तर रौं चाहिँ खौरिएकी थिइनन् ।
उनले रौं देखिने गरेर कार्यक्रममा विभिन्न स्टाइलमा फोट सुट समेत गराएकी थिइन् ।
उनले रौ नखौरिएको विषयलाई लिएर विभिन्न समाचार माध्यमहरूले समाचार समेत लेखेका थिए । धेरै ले त उनी माथि व्यंग्य नै प्रहार गरे ।
बिचरीले घोचपेच सहन सकिनछन् — काखी मुनिको रौं देखिने गरेर सामाजिक सञ्जालमा फोटो शेयर गर्दै लेखिन — मेरो रौं लाई लिएर ज्यान मार्ने धम्की नदिने सबै सुन्दर व्यक्तिलाई धन्यबाद ।