१० असार २०८३, बुधबार

ड्रोन र स्याटेलाइटमार्फत वनभित्रको गतिविधि निगरानी गरिने

बैशाख २८, २०८३
काठमाडौं
ड्रोन र स्याटेलाइटमार्फत वनभित्रको गतिविधि निगरानी गरिने

सरकारले अब ड्रोन र स्याटेलाइटमार्फत वनभित्रको गतिविधि निगरानी गर्ने भएको छ । 

वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्दै निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने सरकारको योजना छ ।

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै ड्रोन, स्याटेलाइट लगातय आधुनिक प्रविधिमार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियलटाइम निगरानी गरिने उल्लेख गरे । 

‘वन्यजन्तु-मानव द्वन्द्व नियन्त्रणका लागि क्षतिपूर्ति, पूर्वसूचना प्रणाली र वन्यजन्तु स्थानान्तरण र वैकल्पिक बाली प्रबर्द्धनजस्ता उपाय कार्यान्वयन गरिने छ’, राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय निकुञ्ज तथा आरक्ष, संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन गरि दुर्लभ वन्यजन्तुको बासस्थान संरक्षण गरिने छ ।’

salt training

कमेन्ट गर्नुहोस्