
काठमाडौं, २३ पुस– इरानमा भएको सरकार विरोधी प्रदर्शनमा ९० भन्दा बढी विश्वविद्यालयका विद्यार्थीले सहभागीता जनाएका छन् । सरकार विरोधी प्रदर्शनमा सहभागी भएका १ हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् ।
सरकार विरोधी आन्दोलनले उग्ररुप लिँदै गएपछि इरानका विद्यार्थीहरु पनि सडकमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ठाउँठाउँमा आगजनीसमेत गरेका थिए ।
इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको मृत्यु भइसकेको छ । मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा शुरु भएको प्रदर्शन चर्किंदै गएको छ ।