१८ असार २०८३, बिहीबार

मानसिक स्थितिका बारेमा प्रश्न उठेपछि ट्रम्पले भने, ‘म जिनियस हुँ’

मानसिक स्थितिका बारेमा प्रश्न उठेपछि ट्रम्पले भने, ‘म जिनियस हुँ’

काठमाडौं, २३ पुस — आफ्नो मानसिक स्थितिमाथि आलोचना भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई जिनियस बताएका छन् । 

ट्रम्पले एक ट्वीट गर्दै भने, ‘एक वर्षको गहन अध्ययनपछि रुससँगको साँठगाँठको कुरा हल्ला मात्र साबित भयो । अब गलत समाज दिने मूलधारे मिडियाले मेरो मानसिक स्थिति र बौद्धिकतामा प्रश्न उठाइरहेका छन् । वास्तवमा मेरो जिन्दगीमा सबभन्दा ठूला दुई सम्पत्ति हुन् मानसिक स्थिरता र बुद्धिमत्ता । म एक सफल व्यापारी हुँदै शीर्ष टीभी स्टार र एकैचोटिको कोशिशमा राष्ट्रपति बनें । म स्मार्ट मात्र नभएर जिनियस पनि हुँ, स्थिर जिनियस ।’

ट्रम्पसम्बन्धी नयाँ किताब फायर एन्ड फ्युरी : इन्साइड द ट्रम्प ह्वाइट हाउस नामक किताबमा उनको मानसिक स्थितिका बारेमा उल्लेख गरिएको छ । त्यसपछि नै ट्रम्पको ट्वीट आएको हो । किताबका लेखक माइकल वुल्फले ह्वाइट हाउसका ठूलो अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्प अनिश्चित र अस्थिर मानसिकतासहितका व्यक्ति भएको लेखेका छन् । 

ट्रम्पको स्वास्थ्य जाँच केही दिनमा हुँदैछ । हालै जेरुसेलमलाई इजरायलको राजधानी घोषित गर्ने समयमा ट्रम्पको बोली लर्बराएको सुनिन्थ्यो । त्यसपछि उनको स्वास्थ्यका सम्बन्धमा अनुमान हुन थालेका थिए । तर यस्ता अनुमानहरूमा विराम लगाउँदै ह्वाइट हाउसले त्यतिखेर उनको गला सुकेको कारण यस्तो सुनिएको बताएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्