
दाङ, २३ पुस– लामो समयदेखि अवरुद्ध दाङको हवाइ सेवा आइतबारबाट सुचारु हुँदैछ । टरिगाउँ विमानस्थलमा आजबाट विमान सेवा शुरु हुन लागेको हो । विहान १२ वजे समिट एयरको जहाजले टरिगाउँ विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
विमानमा उपप्रधानमन्त्री एंव दाङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कृष्णवहादुर महरा, क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी , सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे आउन लागेका छन् ।
बि स. २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल पटक पटक गरेर ४ पटक सम्म सञ्चालन हुँदै वन्द भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको सक्रियतामा विमानस्थल सुचारु हुन थालेको हो । पछिल्लो समय २०७३ साल चैत २ गतेदेखि बिमान सेवा बन्द भएको थियो ।