०४ साउन २०८३, सोमबार

प्रेस काउन्सिल अध्यक्षसहित सञ्चार सम्बद्ध तीन पदका लागि दरखास्त आह्वान

जेठ ७, २०८३
काठमाडौं
प्रेस काउन्सिल अध्यक्षसहित सञ्चार सम्बद्ध तीन पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया शुरू गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रेस काउन्सिलको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार चयन गरी नियुक्त गरिनेछ । यसका लागि इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आचारसंहिता अनुगमन र पत्रकारिताको मर्यादा कायम राख्ने काम गर्दै आएको छ । 

यसैगरी, सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि पनि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो ।

यस्तै, गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ । तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्