३१ जेठ २०८३, आइतबार

अस्ट्रेलियाको सिड्नीमा ७९ वर्षयताकै सबभन्दा गर्मी

अस्ट्रेलियाको सिड्नीमा ७९ वर्षयताकै सबभन्दा गर्मी

काठमाडौं, २३ पुस — अस्ट्रेलियाको सिड्नीमा ७९ वर्षयताकै सबभन्दा गर्मी दर्ज गरिएको छ । त्यहाँको तापक्रम ४७.३ सेल्सियस पुगेको छ । 

सिड्नीको पश्चिममा रहेको पेन्रिथमा आइतवार अत्यधिक गर्मी भएपछि स्थानीयहरू आलसतालस परेका थिए । 

बृहत्तर सिड्नी क्षेत्रमा भयंकर आगलागीका चेतावनीहरू जारी भएका छन् र शहरभरि आगो बाल्न प्रतिबन्ध लगाइएको छ । 

सन् १९३९ मा त्यहाँको तापक्रम ४७.८ सेल्सियस पुगेको थियो भने आइतवार झण्डै त्यति पुगेको थियो । 

अत्यधिक गर्मीका कारण क्रिकेट र टेनिस खेलाडीहरूलाई अप्ठ्यारो परेको थियो अनि खेलको फोटो खिचिरहेका फोटोग्राफरहरूलाई पनि अप्ठ्यारो भएको थियो । 

वातावारणविज्ञहरूका अनुसार, जलवायु परिवर्तनका कारण जमीन र समुद्रको तापक्रम बढेको र झन् भयावह स्थिति आउने चेतावनी दिएका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्