०५ असार २०८३, शुक्रबार

पार्टी एकताका विषयमा छलफल गर्न एमालेले डाक्यो बैठक

पार्टी एकताका विषयमा छलफल गर्न एमालेले डाक्यो बैठक

कठमाडौं, २४ पुस– नेकपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । 

बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने एमालेले जनाएको छ । पार्टी एकताका विषयमा आइतबार साँझ अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 
दुई नेताबीच पार्टीभित्र थप छलफल गरेर अगाडि बढ्ने सहमति भएअनुसार एमालेले पार्टीभित्र छलफल गर्न बैठक डाकेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्