×

NIC ASIA

राजधानीमै प्रहरी संरक्षणमा यौनधन्दा र जुवा अड्डा छ्यापछ्याप्ती

पुस २४, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं, २४ पुस– लामो समयदेखि ललितपुरको सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा खुलेआम यौनजन्य गतिबिधि र जुवा अड्डा सञ्चालन हुने गरेको तथ्य सार्वजनिक भएको छ । 

ललितपुरका ग्वार्को, हात्तीवन, नख्खीपोट लगायत क्षेत्रमा सञ्चालित होटेल तथा गेस्टहाउसमा युवती राखेरै खुलेआम यौन धन्दा हुने गरेको छ । यी सबै कुराको जानकार रहेको सातदोबाटो प्रहरीका प्रमुखले नै यस्ता धन्दालाई संरक्षण गर्दै आएका खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्वार्को,  इमाडोल,  लुभु, गोदावरी,  धापाखेल, एकान्तकुना, नख्खीपोट, खुमलटार लगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्दै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुखले नै यस्ता गैरकानूनी गतिविधिको संरक्षण गर्दै आएका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

ललितपुरको हात्तीवनमा रहेको टायलघर रिसोर्ट आफैँले युवती राखेर यौनधन्दा संचालन गर्दै आएको छ । प्रहरीले यो रिसोर्टबाट मासिक २५ हजार रुपैयाँ बुझ्ने गरेको नाम नबताउने सर्तमा रिसोर्टमा काम गर्ने एक कर्मचारीले लोकान्तरलाई बताए । 

Vianet communication

हात्तीवनकै हात्तीवन रिसोर्टले प्रहरीलाई मासिक १५ हजार रुपैयाँ बुझाउँछ । सो रकम बुझ्न सातदोबाटो प्रहरी बृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बिनोद सिलवालका विश्वासपात्र प्रहरी हवल्दार दिपक पोखरेल पुग्ने गरेको रिसोर्टका कर्मचारीले लोकान्तरलाई बताए । पोखरेल सातदोबाटो वृत्तबाट सादा पोशाकमा खटिने प्रहरी हुन् । प्रहरीले सूचना संकलनका लागी भनेर सादा पोसाकमा प्रहरी खटाउने गरेको छ । 

ललितपुरमा यौन अड्डा सञ्चालन हुने अर्को ठाउँ हो, चापागाउँ दोबाटोमा रहेको नमस्ते रेस्टुरेन्ट । रेस्टुरेन्टभित्र प्लाइउडले बारेर बनाइएको एक कोठा छ । सोही बन्द कोठाभित्र यौनधन्दा हुन्छ । 

स्थानीयहरुले त्यहाँ यौनधन्दा हुने गरेको भनेर पटक पटक प्रहरीको ध्यानाकर्षण गराइसकेका छन् । तर प्रहरीको कुनै पनि टोलीले त्यहाँ छापा मार्दैन । होटेल सञ्चालकले मासिक मोटो रकम बुझाएर प्रहरीका हाकिमको ‘मुख बन्द’ गराउँदै आएका छन् । 

सातदोबाटो चोकको एप्पल रेस्टुरेन्ट, महालक्ष्मीस्थानको दरबार दोहरी, थसीखेलको तीनपाने दोहरीमा पनि यौनधन्दा हुन्छ । यी रेस्टुरेन्ट र दोहरी सञ्चालकले प्रहरीलाई मासिक १० देखि १५ हजारसम्म बुझाउँछन् । नक्खु खोलामा रहेको सिलौटी रिसोर्टबाट समेत प्रहरीले पैसा बुझ्ने गरेको छ । 

ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल क्षेत्रमा सञ्चालित होटेलहरुमा पनि खुलेआम यौनधन्दा हुन्छ । बी एण्ड बी अस्पताल क्षेत्रका होटेलबाट पैसा उठाउने जिम्मा पनि एक होटेल सञ्चालकले नै लिएका छन् । ती हुन्, जीवन महर्जन । उनले मासिक ६० हजार रुपैयाँ सातदोबाटो बृत्तका हवल्दार पोखरेलाई बुझाउँछन् । 

प्रहरी हवल्दार पोखरेल ६० हजारमध्ये २० हजार आफू राखेर ४० हजार ‘आफ्ना हाकिम’ डिएसपी सिलवालाई बुझाउँछन् । प्रहरी हवल्दार पोखरेलले नख्खीपोट क्षेत्रका सेकुवा पसलदेखि पुल हाउससम्मबाट समेत मासिक हप्ता उठाउँछन् । 

‘प्रहरीसँग निहुँ खोज्दा धन्दा नै चौपट हुने डर हुन्छ,’ ललितपुरको नख्खीपोट क्षेत्रमा सेकुवा पसल सञ्चालन गर्दै आएका एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरलाई भने, ‘अरु व्यापारी पनि बोल्ने कोही हुँदैनन् । सबैले मासिक हप्ता बुझाउँदै आएका छन् ।’

डिएसपी सिलवालका विश्वासपात्र रहेका हवल्दार पोखरेलको अर्को धन्दा पनि छ, जग्गा दलालीको । उनी भीम लामा नाम गरेका एक व्यक्तिसँग मिलेर जग्गा दलालीमा संलग्न छन् । लेनदेनको विवादमा पटक पटक प्रहरीले पक्राउ गरेका भीम फुलमुन नामक सहकारीका संचालक समेत हुन् । 

जुवा अड्डा छ्यापछ्याप्ती

सातदोबाटो क्षेत्रमा हुने अर्को अवैध धन्दा हो, जुवा । सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा जुवा अड्डा फस्टाइरहेका छन् । 

महानगरीय प्रहरी सातदोबाटो वृत्त नजिकै सिंचाहिटी धाराको आगाडी ४ तले सेतो घर छ । त्यहि घरको तेस्रो तलामा छ, श्याम श्रेष्ठले संचालन गरेको जुवा अड्डा ।  खुट्टामा समस्या भएकाले राम्ररी हिँडडुल समेत गर्न नसक्ने श्रेष्ठको मुख्य धन्दा नै जुवा खेलाउनु हो । उनले प्रहरीलाई मासिक ५० हजार रुपैयाँसम्म बुझाउँछन् । 

धापाखेलको सुमेरु हस्पिटल नजिकै रातो बंगला भन्ने एक घर छ । श्रीमान् बिदेश भएकी रजिना तिमल्सेना नामक महिलालले त्यहाँ जुवा अड्डा चलाइरहेकी छन् । प्रहरीलाई मासिक हप्ता बुझाएर उनी पनि निर्धक्क जुवा अड्डा चलाएर बसेकी छन् । उनी पनि सातदोबाटो बृत्तका हवल्दार पोखरेललाई नै हप्ता बुझाउँछिन् । 

सातदोबाटो क्षेत्रमा एक अर्को ठूलो जुवा अड्डा छ । उक्त जुवा अड्डाबारे पटक पटक समाचार प्रकाशन÷प्रसारण भइसकेको छ । तर पनि सञ्चालकलाई कुनै ‘टेन्सन’ छैन । कारण प्रहरीलाई मोटो रकम बुझाइ सकेपछि एक्सन लिने अरु निकाय नै छैन । 

आशा लिम्बु नाम गरेकी महिलाले सञ्चालन गर्दै आएको उक्त अड्डालाई सुरक्षा क्षेत्रका ‘ठूलै’ व्यक्तिले संरक्षण गर्दै आएका बुझिएको छ । 

मलाई केही थाहा छैन : डिएसपी

सातदोबाटो र ललितपुरका विभिन्न क्षेत्रमा अवैध रुपमा हुने यौन र जुवाको धन्दाबारे बुझ्दा महानगरीय प्रहरी बृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बिनोद सिलवालले त्यसबारेमा आफूलाई केही थाहा नभएको बताए । 

साथै सातदोबाटो क्षेत्रमा जुवा अड्डा र यौनधन्दा सञ्चालन हुने गरेको भन्ने विषयमा कुनै उजुरी पनि नआएको उनले बताए । ‘अहिलेसम्म यस्ता कुनै कुरा मेरो जानकारीमा आएको छैन,’ लोकान्तरसँगको कुराकानीमा सिलवालले भने, ‘अब बुझ्छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x