
काठमाडौं, २५ पुस– उत्तर र दक्षिण कोरियााबीच उच्चस्तरीय वार्ता शुरु भएको छ । पान्मुन्जोम गाउँस्थित पिस हाउसमा वार्ता भइरहेको बताइएको छ । दुई बर्षयता पहिलोपटक दुई मुलुकबीच मंगलबार उच्चस्तरीय वार्ता भएको हो ।
वार्तामा दुवै पक्षका ५÷५ जना प्रतिनिधि सहभागी छन् । आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको सम्भावनाका बिषयमा वार्ता बिशेषतः केन्द्रित रहनेछ ।
दुई मुलुकबीचको सम्बन्ध सुधारको बिषयमा समेत छलफल गरिने दक्षिण कोरियाले जनाएको छ । सन् २०१५ यता दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेको छ ।