०१ असार २०८३, सोमबार

गोरखा र आँबुखैरेनीमा एनआईसी एशियाको नयाँ शाखा उद्घाटन

गोरखा र आँबुखैरेनीमा एनआईसी एशियाको नयाँ शाखा उद्घाटन

काठमाडौं, २५ पुस–  एन आई सी एशिया बैंकको दुई नयाँ शाखाहरुको उद्घाटन गरिएको छ । तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं. ३, आँबुखैरेनी र गोरखाको गोरखा नगरपालिका वडा नं ६, हरमटारीमा मंगलबार नयाँ शाखाको उद्घाटन भएको हो । 

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक रुपमा समुद्घाटन गरेका हुन् । नयाँ शाखा कार्यालयहरुको उद्घाटनसँगै बैंकका शाखा कार्यालयको संख्या १५६ पुगेको छ । बैंकले १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 
 

salt training

कमेन्ट गर्नुहोस्