०७ असार २०८३, आइतबार

डा. केसीको मुद्दाको पेशी अझै तोकिएन, इजलासमै बयान लिने तयारी

डा. केसीको मुद्दाको पेशी अझै तोकिएन, इजलासमै बयान लिने तयारी

काठमाडौं २५ पुस–अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको बयान सर्वोच्च अदालतको इजालसमै हुने भएको छ । बयानका लागि बिहान ९ बजे नै अदालत पुराइएका केसीसंग शुरुमा अदालत प्रशासनले बयान लिने तयारी गरेको थियो । 

इजालसमै बयान लिने तयारी भएको सर्वोच्च प्रशासनले जानकारी दियो । यद्यपि केसी मुद्दाको इजालस तोकिएको छैन् । केसीको पक्षबाट अधिवक्ता डा सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, इन्दु तुलाधर लगायतले बहस गर्ने तयारी गरेका छन् । 

प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतले डा केसीविरुद्ध सोमवार पक्राउ पूर्जी जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार प्रहरीले डा केसीलाई अनसन बसेकै स्थानबाट सोमवार नै पक्राउ गरेको थियो ।

केसी पक्राउको विरोधमा मंगलवार बिहान माइतीघर मण्डलामा प्रदर्शन भएको थियो । डा केसीलाई बिहान ९ बजे अगावै सर्वोच्च पुराइएपनि अहिले सम्म बयान लिने काम भएको छैन् । 
 

कमेन्ट गर्नुहोस्