१२ असार २०८३, शुक्रबार

अब खाडी क्षेत्रमा मात्र युद्ध सीमित नरहने इरानको चेतावनी

जेठ २८, २०८३
काठमाडौं
अब खाडी क्षेत्रमा मात्र युद्ध सीमित नरहने इरानको चेतावनी

इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले जारी युद्धबारे कडा प्रतिक्रिया दिएका छन् । सञ्जालमा एक पोस्ट गर्दै उनले आफूहरू ‘हार्ने पक्षसँग लड्न नडराउने’ बताएका हुन् । 

अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको तथ्याङ्कभन्दा युद्धमा मारिने वा घाइते हुने अमेरिकी सैनिकहरूको वास्तविक संख्या निकै बढी भइसकेको र यो अझै बढ्ने दाबी गरेका छन्। उनले लेखेका छन्, ‘यस पटक यो युद्ध खाडी क्षेत्रमा मात्र सीमित रहने छैन। हेर्दै जाऊँ के हुन्छ।’

यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य तथा रणनीतिक स्थानहरूमा हवाई आक्रमण गरेको थियो। इरानका धेरै क्षेत्रमा विष्फोटका ठूला आवाजहरू सुनिएका छन्। अमेरिकी हमलाको जवाफमा इरानले बहराइनमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दाबी गरेको छ।

यसका साथै इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण जलमार्ग ‘होर्मुज स्ट्रेट’लाई पूर्ण रूपमा बन्द गरिदिएको छ । इरानले सो क्षेत्रबाट गुज्रिने प्रयास गर्ने जुनसुकै जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्