
काठमाडौं, २५ पुस — नेताहरूले पत्रकारको प्रश्नबाट बच्न चाहनु कुनै नौलो कुरा हैन । तर थाइल्यान्डका प्रधानमन्त्रीले पत्रकारको प्रश्नबाट बच्नका लागि पुरानो नो कमेन्ट्सको तरिकालाई छोडेर अपनाएको अनौठो तरिकाले तपाईंलाई पनि छक्क पार्न सक्छ ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले प्रश्नबाट बच्नका लागि आफ्नै आकारको एउटा कार्डबोर्ड कटआउट ठड्याए र पत्रकारहरूलाई भने, ‘जे प्रश्न सोध्नुछ, यसैलाई सोध्नुस् ।’
बैंककमा भइरहेको एक पत्रकार सम्मेलनका बेलामा प्रयुत आफैं प्रश्नको सामना गर्नेवाला थिए । उनले बाल दिवसलाई प्रवर्द्धन गर्ने एक कार्यक्रमपछि मिडियालाई सम्बोधन पनि गरे तर राजनीतिक मुद्दासम्बन्धी प्रश्न आउनुअघि नै उनले
आफ्नो एक सहयोगीलाई कार्डबोर्ड ल्याउन लगाए ।
त्यसपछि उनी त्यहाँबाट गए र जाँदाजाँदै पत्रकारहरूलाई भने, ‘राजनीतिसम्बन्धी वा विवादास्पद कुनै प्रश्न सोध्नुछ भने यसलाई सोध्नुस् ।’
प्रयुत चान ओचाले सन् २०१४ मा कू गरेर थाइल्यान्डको सत्ता हात पारेका थिए । उनले मिडियासँग पहिले पनि यस्तो हर्कत गरेका थिए ।
एउटा पत्रकार सम्मेलनमा उनले साउन्ड टेक्निसियनको कान समातेका थिए, क्यामरापर्सनमाथि केराको बोक्रा फ्याँकेका थिए अनि हाँसोठट्टामा नै सरकारको आलोचना गर्ने पत्रकारलाई मार्ने धम्की समेत दिएका थिए ।
हेरौं भिडियो :
एजेन्सीWATCH: Thailand's prime minister places cardboard cut-out of himself in front of microphone, tells reporters to "ask this guy" if they have any questions, and walks away. pic.twitter.com/tW28YGJ4tv
— NBC News (@NBCNews) January 8, 2018