१६ असार २०८३, मंगलबार

वाह ! यस्तो पो स्कुल

कात्तिक २०, २०७४
वाह ! यस्तो पो स्कुल
खोटाङ, ११ माघ- डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले पनि कल्पना गरेका थिएनन्- कुनै दिन खोटाङको जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर।
आजको कान्तिपुर अगाडी लेख्छ- समयले यसरी कोल्टे फेर्‍यो कि पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला, हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल। डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ। तीन शिक्षकको दरबन्दी रहेको विद्यालयमा ७ जना विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेजी गरेको थियो। तर अभिभावक र विद्यालय व्यवस्थापनको मिहेनतले अहिले कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने नमुना विद्यालयको रूपमा जनजागृतिले नाम कमाएको छ ।
स्कुल खारेजी भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर विद्यालय फेरि सञ्चालनमा ल्याइयो। शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने। तत्कालै शिक्षण विधि फेरियो। पढाई कक्षामा होइन स्थलमै लगेर विद्यार्थीलाई सिकाउने गरियो।

salt training

कमेन्ट गर्नुहोस्