
काभ्रेको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले जिम्मेवार पत्रकारिता नभए समाज दुर्घटनामा पर्न सक्ने बताएका छन् । सम्पादक समाज नेपालले आज काभ्रेपलान्चोकमा कार्यरत पत्रकारबीच 'नागरिकको अपेक्षा: जिम्मेवार पत्रकारिता' विषयक अन्तर्क्रियामा नगर प्रमुख भण्डारीले पत्रकारिता जिम्मेवार भएर पत्रकारिता गर्नुपर्ने बताएका हुन् ।
अन्तरक्रियामा रत्नराज्य क्याम्पस पत्रकारिता विभाग प्रमुख डा. जगत नेपालले नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासङ्ग्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेपाल बार एशोशिएन काभ्रेका अध्यक्ष हरिशरण दाहाल, नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा मन्त्री राजु सिग्देलले कार्यपत्रका सम्बन्ध मा आ-आफ्ना धारणा राखेका थिए ।
सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले सहभागीलाई स्वागत गर्दै काभ्रेमा आयोजना गरिएको कार्यक्रम तेस्रो भएको र यसअघि नुवाकोट र काठमाडौंमा कार्यरत पत्रकारका लागि सम्पन्न गरिसकेको बताए । उनले यो कार्यक्रम बागमती प्रदेशका सबै जिल्लामा आयोजना गर्ने बताए ।