१० असार २०८३, बुधबार

रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए शुभकामना

असार ७, २०८३
काठमाडौं
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए शुभकामना

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार शुभकामना सन्देश जारी गर्दै थापाले रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई महाधिवेशनको सफलताको शुभकामना दिएका हुन् ।

थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् । उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् ।

‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो’, थापाले भनेका छन् । 

उनले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणका लागि पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

थापाले रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै लामिछानेको आगामी राजनीतिक यात्राका लागि पनि शुभेच्छा व्यक्त गरेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्