०९ असार २०८३, मंगलबार
रास्वपा महाधिवेशन

सरकार 'एक्सप्रेस वे'मा हिँडेको छ, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ– बालेन

असार ७, २०८३
काठमाडौं
सरकार 'एक्सप्रेस वे'मा हिँडेको छ, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ– बालेन

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले सरकार एक्सप्रेस वेमा हिँडेकाले गन्तव्यमा पुगेर मात्र रोकिने टिप्पणी गरेका छन् । सरकार अनियन्त्रित पनि नरहेको भनाइ छ ।

रास्वपा महाधिवेशनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले सरकार सन्तुलित ढंगले अगाडि बढेको बताएका हुन् ।

‘सुझाव सल्लाह दिएर चिन्ता लिनुभएको छ । सरकारको गाडीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्ने कुरा आए,’ बालेनले भने, ‘लोकल रोडमा हिँड्दा ब्रेक लगाउनुपर्छ, हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउन जरुरी हुँदैन अनियन्त्रित छैन, वातावरण मिलेर गएको छ । चिन्ता लिनुभएकोमा धन्यवाद ।’

त्यसअघि एमाले नेता प्रदीप ज्ञवालीले सरकारलाई गाडीसँग तुलना गर्दै ब्रेक नलागे दुर्घटनामा पर्नसक्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्