काठमाडौं, ११ माघ – संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न भने हम्मे परेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन मिति घोषणा गर्नुपर्ने विपक्षीको माग र संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने मधेसी मोर्चाको दबाबका कारण दाहाल अप्ठ्यारोमा परेका हुन् ।