२३ असार २०८३, मंगलबार

दोहोरो अङ्कको घट्यो नेप्से, दुई अर्बको कारोबार

असार १५, २०८३
काठमाडौं
दोहोरो अङ्कको घट्यो नेप्से, दुई अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८४ अङ्कले ओरालो लागेर ४५५ दशमलव ८३ मा सीमित भएको छ ।

कुल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ ।

कारोबारका आधारमा ग्लोबल आईएमई बैङ्क शीर्ष स्थानमा छ । यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्